What we PROCESS, we LEARN - Nepali Version
प्राय शिक्षकहरु -
- activity हरु देखिन सकिने कारण activity मा आधारित शिक्षण/सिकाइको जालमा फस्ने गर्छन
- विद्यार्थीहरू व्यस्त हुनु भनेको विद्यार्थीहरूको "सिकाइ" हुनु हो भन्ने गल्ती गर्छन्
- विद्यार्थीले रमाइलो गर्नु भनेको नै student engagement हो भन्ने ठान्छन्
र अधिकांश शिक्षकहरू -
- सिकाइको "अदृश्य" भागलाई बेवास्ता गर्ने गर्छन, जस्तै: विद्यार्थीहरूले के सोचिरहेका छन्?
- विद्यार्थीहरूलाई "गर्ने" र "सोच्ने" दुवै तहमा संलग्न गराउन असफल हुन्छन्
- सिकाइका कमजोर proxy हरुमा ध्यान दिन्छन्
फलस्वरूप -
- activity गर्नु नै फोकस बन्छ, learning objective होइन
- planning को समय विद्यार्थीहरूले रमाइलो गर्ने “fun activities” फेला पार्नमा खर्च गरिन्छ
- शिक्षणको उदेश्य व्यवस्थापक, अभिभावक र विद्यार्थीलाई “मख्ख” पार्न गर्ने कार्य बन्दछ
प्रश्न आउछ: त्यसोभए, यो किन हुन्छ?
धेरै कारणहरू मध्ये, धेरै शिक्षकहरूले "सिकाइ कसरी हुन्छ" भन्ने दृष्टिकोणबाट सोचेको नै हुन्नन्।
सिकाइ विज्ञानमा आधारीत एउटा नियम यस्तो छ:
“हामीले जुन कुरालाई दिमागमा process गर्छौं, त्यही नै सिक्छौं”
What we process is what we learn
त्यसैले, एक शिक्षकको रूपमा -
- विद्यार्थीहरूले के गरिरहेका छन् भन्नेमा मात्र होइन, कुनै पनि activity गर्दा विद्यार्थीहरूले के सोचिरहेका छन् भन्नेमा बढी ध्यान केन्द्रित गर्नुहोस्
- प्रश्नहरूको श्रृंखला सोधेर उनीहरूको सोच, बुझाइ, गलत धारणाहरूको जाँच गर्नुहोस् (उनीहरूलाई विस्तृत / व्याख्या गर्न लगाउनु होस् - या त मौखिक वा लिखित रूपमा, के, किन, कसरी गर्दैछन् भनेर)
- उनीहरूको thinking लाई learning objective, अवधारणाहरू, र त्यस activity को वरपरको ज्ञानमा align /realign गर्नुहोस्
Disclaimer -
- अवश्य पनि, कक्षामा रमाईलो गर्नुहोस्
- निश्चय पनि, विद्यार्थीहरूलाई खुसी बनाउने प्रयास गर्नुहोस्
- हो, उनीहरूलाई महसुस गराउनुहोस् कि उनीहरूले कुनै पनि कार्य पूरा गर्न सक्छन्
तर, अर्को पटक, जब तपाइँ पढाइरहनु भएको छ, तपाइँका विद्यार्थीहरूलाई “process” गर्नलगाउनुहोस् ताकि उनीहरू वास्तब मै सिक्छन्।